खोटाङ,८ माघ । नेवाः देय् दवू खोटाङको अध्यक्षमा गोपाल श्रेष्ठ सर्वसम्मत् चयन हुनुभएको छ । ‘नेवाः देय् दवू राष्ट्र कै शान, भाषा, कला, संस्कृति पहिचान’ भन्ने नाराका साथ मंगलबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।
जिल्ला कार्यसमितिको वरिष्ट उपाध्यक्षमा मन्दीप श्रेष्ठ, महिला उपाध्यक्षमा सर्मिला श्रेष्ठ, खुला उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सचिवमा यज्ञनारायण तथा महिला सचिवमा सन्ध्या श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले २१ सदस्यीय जिल्ला कार्यसमितिको कोषाध्यक्षमा हीराकुमारी श्रेष्ठलाई चयन गरेको छ ।
जिल्ला कार्यसमितिको सदस्यहरुमा डिल्लीनारायण श्रेष्ठ, नेत्र श्रेष्ठ, कल्पना राजभण्डारी, गोविन राजभण्डारी, हीरा श्रेष्ठ्र, रुद्रनारायण श्रेष्ठ, प्रमिला श्रेष्ठ, प्रमिला श्रेष्ठ, रामकाजी श्रेष्ठ, दयाराम श्रेष्ठ र अम्बिका श्रेष्ठ रहनुभएको छ । खोटेहाङ, जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट पछि थप गर्नेगरि तत्काललाई १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई निर्वाचन समितिका संयोजक नूरकाजी सैंजूले पद तथा गोपणीयतको शफथ ग्रहण गराउनुभएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ, ऐसेलुखर्क गाउँपालिकाका उपप्रमुख राजेशकुमार राजभण्डारी, नेवाः देय् दवूका प्रदेश समिति सदस्य अमर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधिमा ललितकुमार श्रेष्ठ, सन्ध्या श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, ईन्द्र कसजू र शिवकुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नूरकाजी सैंजू, हीरकुमार श्रेष्ठ र जान सैंजू चयन हुनुभएको प्रदेश समिति सदस्य अमर श्रेष्ठले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको खोटाङबाट प्रदेश तथा केन्द्रीय प्रतिनिधिसमेत सर्वसम्मत् छनोट गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नेवाः देय् दवूको प्रदेश अधिवेशन यही माघ–१६ र १७ इटहरीमा तथा केन्द्रीय महाधिवेशन चैत–२२ र २३ गते सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा हुने जनाइएको छ ।