५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी चालकलाई कारबाही गर्ने हाम्रो उद्देश्य होइन : ट्राफिक प्रहरी प्रमुख



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन् । बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले जिम्मेवार बनाउन मात्र कारबाही गर्ने गरेकाे बताए ।

पछिल्लो समय समयक्रम अनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको उनकाे दाबी छ । ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनका लागि भए पनि अहिले कमी भएको बताए । ट्राफिक प्रहरी प्रमुख घिमिरेले अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नराखेको बताए ।

ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको जानकारी दिए ।  सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागिपरेकाे पनि उनले बताए ।

उनले भने,‘पछिल्लो समय समयक्रम अनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको छ । ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गर्यो भन्ने हुन्थ्यो । अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकता दिएको छैन । ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेका हुन्छौं । सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई पनि अनलाइन बनाउन लागि रहेका छौं । हाम्रो उद्देश्य कारबाही गर्ने होइन । सवारी चालकलाई जिम्मेवारी बनाउनको लागि कारबाही गरिरहेका छौं । जिम्मेवारी सवारी चालक र सञ्चालकहरुले पनि लिन आवश्यक छ ।’

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको दाबी गरे । २१ लाख मोटरसाइलक मात्रै रहेको भन्दै उनले सार्वजनिक सवारी साधनले राम्रो सेवा दिन नसक्दा निजी सवारी साधनको मात्रा वृद्धि भएको बताए । सरकारले विचौलियाहरुसँगको समन्वयमा सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाइदिने काम गरिरहेको पनि उनले बताए । सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाएर विद्युतीय लगायत निजी सवारी साधनलाई प्रोत्साहन गर्ने काम भइरहेको उनकाे दाबी छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ००:००  १२ : २६ बजे