खोटाङ, २८ पुष । बराहपोखरी गाउँपालिकाले बाढी प्रभावित किसानलाई राहत वितरण गरेको छ । गत असोज १२ गते परेको अविरल वर्षासँगै आएको बाढिले धान बालीमा क्षती पु¥याएका किसानलार्ई गाउँपालिकाले राहतस्वरुप नगद वितरण गरेको हो ।
सुनकोशी नदिमा आएको बाढीका कारण खेत पुरिएका, अन्नबालीमा क्षती पुगेका, कटानका कारण क्षती भोगेका ६३ घर परिवारलाई क, ख र ग वर्गमा विभाजन गरेर राहत वितरण गरिएको पालिका अध्यक्ष शालिकराम बञ्जाराले जानकारी दिनुभयो ।
पुस २६ गते आइतबार वडा नंं. २ सुन्तलेका १० र वडा नंं. ४ फाक्टाङका २० घरलाई राहत रकम वितरण गरिएको हो । यस्तै, पुस २७ गते शनिबार वडा नंं.५ पौवासेराका २७ जना बाढी प्रभावित किसानलार्ई राहत प्रदान गरिएको अध्यक्ष बञ्जाराले बताउनुभयो ।
वडा नंं. १ बराहपोखरीका ६ जना बाढि प्रभावित किसानलाई भने राहत रकम प्रदान गर्न बाकी रहेको पालिकाले जनाएको छ । पालिकाले क वर्गमा पर्नेलाई १२ हजार, ख वर्गकालाई १० हजार र ग वर्गमा परेकालाई ८ हजारका दरले राहत वितरण गरेको हो । यस अघि गाउँपालिकाले बाढिका कारण पूर्ण तथा आंशिकरुपमा क्षति पु¥याएका ११ घर परिवारलाई राहत वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत दीलकुमार अधिकारीले बताउनुभयो ।