२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलस्थित मझुवाभिरमा रक क्लाइम्बिङ परीक्षण



खोटाङ, २३ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रक क्लाइम्बिङ परिक्षण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवाभिरमा रक क्लाइम्बिङको सफल परिक्षण गरिएको हो ।

खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले रक क्लाइम्बिङको परीक्षण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेलबजार नजिकै रहेको मझुवाभिरमा क्लाइम्बिङ सञ्चालनपछि देश तथा विदेशका रक क्लाइम्बिङका पारखीहरूको ध्यान केन्द्रित हुनका साथै यसले नगरको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने छ ।” ‘प्रमुख भट्टराईले भन्नुभयो ।’

धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रको करिव २० मिटर अग्लो मझुवाभिरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको हो । रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिमसमेत दिएको बताइएको छ । सात जना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका पाँच जनाले तालिम लिएका छन् । तालिम लिएका युवाहरूले रक क्लाइम्बिङ सञ्चालन गर्न सकिने बताएका छन् ।

कृत्रिम भिरमा भन्दा प्राकृतिक भिरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले पनि यो उपयुक्त क्षत्रे भएको नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ००:००  ४ : ०५ बजे