खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल ।
ठेकेदार कम्पनी रसुवा एसएनएस–पप्पु जेभीको चरम ढिलासुस्तिका कारण सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटामात्र उठाइएको छ । नियमन गर्ने निकाय बेखबर छन् ।


