१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्रबहादुर थापा पक्राउ



खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले  शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्रबहादुर थापालाई पक्राउ गरेको छ ।  आफ्नै श्रीमतीको उजुरीका आधारमा गएराती थापालाई दिक्तेलस्थित आफ्नै निवासबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो ।

परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन भन्दै थापाकी श्रीमती गएराती प्रहरीमा पुगेपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रवक्ता कार्कीका अनुसार प्रहरी कार्यालयमा थापा र श्रीमतीबीच छलफल भईरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार ००:००  ११ : १८ बजे