६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस प्रमुख सचेतक राईले गरे गाडी फिर्ता



खोटाङ ।नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्राप्त गाडी राईले फिर्ता गरेका हुन् ।

वि.सं.२०७९ मंसीर १० गतेबाट प्राप्त भएको को १ झ ६५१ को स्कारपीयो गाडी संसद सचिवालयलाई फिर्ता गरेको राईले बताउनुभयो । संसदीय दलका नेताले राजीनामा दिएपश्चात राजनीतिक संस्कारको विकासको लागि आफुँले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको प्रमुख सचेतक राईले बताउनुभयो । “आज सार्वजनिक बिदाको दिन भएपनि कर्मचारीलाई कार्यालयमा बोलाएर गाडी फिर्ता गरेको हुँ । ” राईले भन्नुभयो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार ००:००  ४ : ५८ बजे