६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजीनामा दिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की



खोटाङ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिने भएका छन् । संविधानजको धारा १६८ को उपधारा ३ बमोजिम बनेको सरकारको मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव आएपछि कार्कीले राजीनामा दिने तयारी गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

सवोच्च अदालतको परमादेशपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयसीमा आजसम्मको थियो। भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठित सरकारलाई अन्य दलहरुले साथ नदिएपछि कोशीमा अब उपधारा ५ अनुसार सरकार बन्नेछ ।

उपधारा ५ को सरकारको अवसर गुम्न नदिन मुख्यमन्त्रीले राजीनामा दिन लागेको एमाले सांसदहरुले बताएका छन्। अहिले मुख्यमन्त्रीले प्रदेश सभालाई सम्बोधन गरिरहेका छन्। सेतो पाटी

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ००:००  ३ : ४२ बजे