२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता : बिरामी सरकार



✍️मौसम आचार्य 
म जलिरहेको छु सरकार ,
चिसोले बिरामी भएको
तपाईंको  शरिर
न्यानो बनाऊँन  ।
तर,  नलेख्नुस तपाईंका कापिरहेका
हातहरुले मेरो जलिरकेको तस्बिर राखेर
हार्दिक श्रद्धाञ्जली
बरु आउनुस सरकार
एक मुठि माटो बोकेर
मट्टी दिने नाटक गरेर
जलिरहेको मेरो चितामाथि
चिसिएका तपाईका हात सेकाउन
माफ गर्नु सरकार
म पनि खरानी बन्नु छ
सधै न्यानो बनाईरहन सक्दिन
बरु डुलिरहनुस्
कहिले संसद भवन
कहिले माइतिघर
कहिले सिंहदरबार अगाडि
कोहि फेरि तपाईंका लागि जल्दै पो छ कि ?

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ००:००  ४ : १८ बजे