२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलि खोटाङ आउँदै



खोटाङ, २७ कात्तिक ।  नेकपा एमालेको चुनावीसभालाई सम्बोधन गर्नका लागि अध्यक्ष केपी शर्मा ओली खोटाङ आउने भएका छन् । आगामी कात्तिक ३० गते खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरीमा हुने एमालेको बृहत चुनावीसभालाई सम्बोधन गर्नका लागि अध्यक्ष एबं पुर्वप्रधानमन्त्री ओलीलाई ल्याउने निश्चित गरिएको हो ।

ओलीको उपस्थितिमा हुने चुनावीसभालाई भव्य बनाउनका लागि तयारी थालिएको एमाले केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए । कार्यक्रममा हजारौं कार्यकर्ता उतार्ने एमालेले जनाएको छ । चुनावीसभामा खोटाङ बाहेक भोजपुर र ओखलढुंगाका नेता तथा कार्यकर्ता समेत सहभागी हुनेछन् । ‘अध्यक्ष ओलीलाई खोटाङ ल्याउने निश्चित भएको छ,’ पौडेलले भने, ‘सभालाई सभ्य र भव्य बनाउन हामीले जिल्ला सचिवालय सदस्य प्रदीप राईको नेतृत्वमा मुल ब्यवस्थापन समिति गठन गरेका छौँ ।’

भौगोलिक हिसावले दक्षिणी क्षेत्रको विच भागमा ईन्द्रेणीपोखरी पर्ने भएकाले सोही ठाउँमा कार्यक्रम गर्न लागिएको एमाले खोटाङले जनाएको छ । कतिपय ओलीको भाषण सुन्न र सेल्फी खिच्नकै लागि सहभागी आउने एमालेको भनाई छ । खोटाङबाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराईलाई यसपटक ओलीले मन्त्री बनाउने आशा गरिएको छ ।

ओलीको उपस्थितिमा हुने कार्यक्रमलाई भव्य बनाउन प्रचार–प्रसार र मञ्च व्यवस्थापनको काम भइरहेको एमाले खोटाङका उपाध्यक्ष एबं निर्वाचन मुल परिचालन कमिटि संयोजक देवबिक्रम राईले बताए । ओली स्थानीय तहको निर्वाचनको बेला पनि खोटाङ आएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार ००:००  ८ : ५३ बजे