२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष राईको निधन



खोटाङ । सडक दुर्घटनामा परि गम्भीर घाइते बनेका जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखर राईको निधन भएको छ । सडक दुर्घटनमा परि गम्भिर घाईते बनेका राईको सोमबार निधन एमाले खोटाङले जनाएको छ ।

विराटनगरस्थित न्यूरो अस्पतालमा लामो उपचारपछि घर फर्कनेक्रममा गाईघाटको बेल्टारमा निधन भएको नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरकमिटी अध्यक्ष गोपालचन्द्र आचार्यले जानकारी दिनुभयो । राईको निधनले सिङ्गो एमालेमा अपुरणीय क्षति भएको नगर कमिटी अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका सचिवालय सदस्यसमेत रहनुभएका स्वर्गीय राईको गत भदौ २ गते इटहरीबाट बाइक चढेर बिराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको माइक्रो भ्यानले ठक्कर दिँदा राईको टाउकोको देब्रे साइडमा गम्भिर चोट लागेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ००:००  २ : ४२ बजे