६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडासदस्यलाई एमालेकै कार्यकर्ताले दले कालोमासो



साङ्केतिक तस्वीर : सोलुखुम्बु,१७ जेष्ठ ।सोलुखुम्बुमा नेकपा (एमाले)बाट निर्वाचित भएका दुई वडासदस्यलाई एमालेकै कार्यकर्ताले कालोमासो दलेर जुत्ताको माला लगाइदिएका छन् । सोताङ गाँउपालिकाको कार्यपालिकाको चुनावमा कांग्रेसलाई भोट हालेको भन्दै एमाले कार्यकर्ताले उनीहरूलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहारमा पर्नेमा सोताङ गाउँपालिका-२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङ छन् । पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको दावी गरेका छन् ।

‘पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ००:००  १२ : १२ बजे