२४ माघ २०८१, बिहिबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित वडा अध्यक्ष राईले गरे पदभार ग्रहण



खोटाङ,७ जेष्ठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष खगेन्द्र राईलगायतले शुक्रबार खाल्लेस्थित वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

नव निर्वाचित पदाधिकारीहरुलाई वडा सचीव पवन श्रेष्ठले पदभार ग्रहण गराउनुभएको थियो ।वडा -४ खाल्लेलाई समृद्धि बनाउनका लागि नवनिर्वाचित वडा अध्यक्ष राईले भन्नुभयो, ” वर्षायामको समयमा २४ सै घण्टा चल्ने मुल सडकसञ्जाल सन्चालन कार्य तत्काल प्रारम्भ गर्छौँ।

यस्तै, एक घर एक फल-फूल विरूवा निशुल्ल बितरण गरी नियमित अनुगमन गरिने छ,भने पाँच वर्ष भित्र उत्पाद्नको संकल्प समेत राखिने छ । पन्जिकरण र स्वास्थ्य सेवा घर घरमा भन्ने नारा सहित नियमित रुपमा घुम्ती टोलिको ब्यबस्था गरिने छ। पुर्ण अशक्त (अपाङ्ग ) ब्यक्तीको लगत तत्काल लिएर व्हील चेयर समेत बितरण गर्ने कार्य तत्काल गरिने बताइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ००:००  ७ : ३६ बजे