२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी बैशाख ९ बाट एसईई परीक्षा



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निणर्य गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार ००:००  ९ : २० बजे