६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरुवा बन्दुकसहित ३३ वर्षीय राई खोटाङ प्रहरीको नियन्त्रणमा



खोटाङ, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका -२ बाकाचोलस्थित हुमेका ३३ वर्षीय सन्जय राईलाई प्रहरीले आइतबार विहान दस बजे पक्राउ गरेको हो ।

प्रतिबन्धित भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलिले राईलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायबउपरीक्षक उमेश लम्सालले बताउनुभयो ।

प्रहरीले राईको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, बारुद ४८ ग्राम, सिसाको गोली दुई थान र केप ८५ थान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर साहले जानकारीदिनुभयो ।

पक्राउ परेका राईविरुद्ध अवैध हातहतियार खरखजना सम्बन्धि मुद्दा  चलाइएको प्रहरीले जनाएको छ । राईलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार ००:००  ८ : ०४ बजे