६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला, जोखिम बढ्दै



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो ।

संक्रमितको अहिले नयाँ दिल्ली स्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ । योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ ।

यस अघि शनिबार गुजरातको जामनगर र महाराष्ट्रको मुम्बईमा ओमिक्रोन संक्रमित फेला परेका थिए । यो भन्दा अघि कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित फेला परेका थिए ।

ओमिक्रोन संक्रमित निरन्तर फेला पर्न थालेपछि भारतको बिभिन्न शहरहरुमा जोखिम बढ्दो छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे पनि अहिलेसम्म कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ००:००  ७ : ५४ बजे