६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटमा कांग्रेस र माओवादीको जग भत्कियो, एक सय बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश



नुवाकोट, १ कात्तिक । नुवाकोटको किस्पाङमा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस र माओवदीको जगको रूपमा किस्पाङका क्रियाशिल एक सय भन्दा बढी नेता कार्यकर्ता आइतबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पछिल्लो समय नेकपा एमाले किस्पाङ गाउँ कमिटीका अध्यक्ष वीरबल तामाङले गाउँमै रहेर युवाहरू स्वरोजगार बनाउन उत्प्रेरित गरिरहनु भएको कारण सो क्षेत्रमा ठूलो संख्यामा कांग्रेस र माओवादीमा लागेका युवाहरु एमाले प्रवेश गरेका हुन ।

आइतबार किस्पाङ गाउँपालिकाको-५ मा भएको कार्यक्रममा नेकपा एमालेका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव पाण्डेले एमालेको सदस्यता दिँदै युवाहरूलाई स्वागत गर्नुभयो । उक्त कार्यक्रममा कांग्रेस र माओवादीका एक सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा किस्पाङकै स्थायी घर भएकी बागमती प्रदेश सभा सदस्य आसामाया तामाङ, नेकपा एमाले बागमती प्रदेश सदस्य विजय सिं लोप्चन, मेन्चुङ लामा, नेकपा एमाले किस्पाङ गाउँ कमिटीका अध्यक्ष बिरवल तामाङ, बेलकोटगढी नगर कमिटीका अध्यक्ष नवराज तिवारी, विदुर नगर कमिटीका सचिव अनुज कुमार श्रेष्ठ, नेकपा एमाले किस्पाङका नेता चरिमाया तामाङ, गंगा बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ००:००  ५ : ०५ बजे