खोटाङ, १४ असोज । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण गाउँपालिका क्षेत्रभित्र ठूलो क्षति भएको र गाउँपालिकाको स्रोतमात्र पुनः निर्माण नसकिने भन्दै गाउँपालिका प्रमुख राईले आर्थिक सहायताका लागि मुख्यमन्त्री…