खोटाङ, २२ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा सञ्चालित शान्ती माध्यमिक विद्यालयको ४५ औं वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालयको ४५ औ वार्षिक उत्सव, अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी सोमबार विद्यालयले ४५ औं वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा विपन्न वर्ग लक्षित विद्यार्थीहरुका लागि भाग्यशाली चिठ्ठाको आयोजना साथै शिक्षक र अभिभावकबीच…