खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ । साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती,…