१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘खोजपत्रकारिता एवम् मल्टिमिडिया’ तालिम

क्रियाशील पत्रकारहरुलाई ‘खोजपत्रकारिता एवम् मल्टिमिडिया’ तालिम



खोटाङ। नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरुलाई सहभागी गराएर ‘खोजपत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँच दिने तालिम सुरु गरेको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले आज (मङ्गलबार)देखि जेठ–९ गतेसम्म पाँच दिने पत्रकारिता तालिमको आयोजना गरेको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले जानकारी दिनुभएको छ । “हामी पत्रकारहरु औपचारिकतामा सीमित भयौँ । समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरु हामीले उजागर गर्नुछ”, उहाँले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारहरुलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ । यो तालिमले आवाजविहीनहरुको आवाज बुलन्द गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

दिक्तेल बजारस्थित होटल शुभदिनमा सुरु गरिएको पत्रकारिता तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरुको सहभागिता पत्रकार महासङ्घ खोटाङका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ । तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षद्धय सुरेश आचार्य र शिव गाउँलेले खोज पत्रकारिता तथा विकास कार्कीले मल्टिमिडियाका बारेमा सहजीकरण गरिरहनुभएको छ ।

पाँच दिने पत्रकारिता तालिमको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गर्नुभएको छ । पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा जिल्लास्थित पत्रकारहरुको विभिन्न पेसागत सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । “पत्रकार समाजका पहरेदार हुन् । हामीले गरेका राम्रा तथा नराम्रा सबै विषय समाजमा पु¥याउनु पत्रकारको धर्म हो”, उहाँले भन्नुभयो, “एउटा जनप्रतिनिधिले गरेका राम्रो कामले अरुलाई प्रशय मिल्छ । नराम्रा कुराले दण्डित गर्न सहयोग मिल्छ । त्यसैले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउन सबै पत्रकारहरुलाई आग्रह गर्छु ।”

पत्रकारिता तालिममा छापा, रेडियो तथा अनलाईन सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरुको सक्रिय सहभागिता रहेको छ । नेपालमा डिजिटल युग सुरु भएको अवस्थामा नेपाल पत्रकार महासङ्घ खोटाङले मल्टिमिडिया सम्बन्धी तालिमको आयोजना गरेकाले आफूहरु उत्साहित बनेको सहभागी पत्रकारहरुले बताएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार ००:००  ५ : ०४ बजे