खोटाङ। किरात राई कर्मचारी मञ्च खोटाङको छैटौँ जिल्ला अधिवेशनले इरन राईलाई पुनः अध्यक्षमा चयन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुखमा कार्यरत राई दोस्रो कार्यकालका लागि पुनः कर्मचारी मञ्चको जिल्ला अध्यक्षमा चयन हुनुभएको हो ।
एघार सदस्यीय कर्मचारी मञ्च खोटाङको उपाध्यक्षमा मुगाधन राई, सचिवमा अदित राई, सहसचिव सुवास राई र कोषाध्यक्षमा उषाकला राई चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको सदस्यमा रेस्मा राई, पञ्च राई, टङ्क राई, निसान राई, पदम राई र शशि राई रहनुभएको छ ।
कर्मचारी मञ्चको अधिवेशनसँगै किरात समुदायको साकेला उँभौली चाडको अवसरमा आइतबार हुर्लुङमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी तथा किरात कर्मचारी केन्द्रीय मञ्चकी उपाध्यक्ष कोपिला राईको प्रमुख आतिथ्यतामा अधिकृत सातौँ पदबाट निवृत्तिभरण हुनुभएकी शर्मिला राईलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ ।
राष्ट्रसेवक कर्मचारीका रुपमा ५८ वर्षसम्म आफ्नो सम्पूर्ण सेवाकालभर इमान्दारी, कर्तव्यनिष्ठ र अनुशासनका साथ राष्ट्र तथा समाजको सेवामा अतुलनीय योगदान पु¥याउनुभएकाले सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिनुभएको छ । निवृत्तिभरण हुनुभएकी राईले किरात राई कर्मचारी मञ्च खोटाङमा आवद्ध भइ किरात राई समुदायको भाषा, संस्कृति, पहिचान, अधिकार तथा संस्थागत विकास एवम् सुदृढीकरणका लागि महत्वपूर्ण योगदान पु¥याएको प्रशंसापत्रमा उल्लेख छ ।

