१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलमा म्याद गुज्रिएका खाद्य सामग्री जफत



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजार क्षेत्रमा अनुगमन टोलीले म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री जफत गरी नष्ट गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सम्मिलित संयुक्त अनुगमन टोलीलेबजार अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका सामग्री नियन्त्रणमा लिइ जफत गरेको उद्योग वाणिज्य संघका सचिव विनोद खड्काले जानकारीदिनुभयो ।

अनुगमनका क्रममा सुप, सस, चाइनिज रोल, चिजबल, अजिना, बेसार,फुरनदाना, टमाटर जुस, ड्यु, स्प्राइट, पापड, हरलेक्स, मिक्स जुस,निम्बुपानी, लिचि जुस, आटापीठो, माछा प्याकिङलगायत विभिन्न उपभोग्य सामग्री म्याद नाघेको अवस्थामा फेला परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताउनुभयो । जफत गरिएका सामग्रीको १० हजार ९ सय १५ रुपैयाँ रहेको बताइएको छ ।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै म्याद गुज्रिएका सामग्री बिक्री वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ। साथै, आगामी दिनमा पनि नियमितबजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार ००:००  ३ : ४१ बजे