२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिगामी तत्वहरु सल्बलाएका छन् : पूर्वमुख्यमन्त्री राई



खोटाङ । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पछिल्लो समय प्रतिगामी तत्वहरु सल्बलाएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलबजारस्थित पुष्पलाल स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री राईले नेपाली जनताको रगत, पसिना र बलिदानबाट प्राप्त भएका उपलब्धिहरुलाई प्रतिगामी तत्वहरुले चुनौती दिने प्रयास गरिरहेको बताउनुभएको छ । उनीहरुले अनुचित हर्कतहरु गरिरहेका छन् भने आगजनी, लुटपाट, हत्या र हिंसाका घटनाहरुसमेत भएको बताउनुभएको हो ।

प्रतिगामी तत्वहरुले गरेका घटनाहरुको निन्दा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेपाली जनता रहेको नेता राईले बताउनुभएको छ । “नेपाली जनता उल्टो बाटोमा हिड्ने इतिहास छैन् । जनताले आफ्नो अभिमतसमेत जाहेर गरिसकेका छन् । त्यसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ ।” नेता राईले भन्नुभयो ।

पछिल्लो समय राजावादीहरुको नामबाट प्रतिगामी शक्तिहरुले केही प्रर्दशन गरिहेको नेता राईले बताउनुभयो । तर, ती प्रर्दशन र जमघटहरु आँफैभित्रको विवाद तथा झमेलाबाट फिका बनेको र यस्ता आन्दोलनको औचित्य नभएको नेता राईले दाबी गर्नुभयो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार ००:००  ७ : २१ बजे