५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुकुरलाई कुटीकुटी हत्या गर्ने अंकित भुजेल प्रहरीको नियन्त्रणमा



काठमाडौँ । टोखा नगरपालिका-७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने अंकित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी हत्या गरेका हुन् । कुकुरलाई कुटेर हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कुकुरलाई निर्ममता पूर्वक हत्या गरेको जानकारी स्थानीयले गराउनेबित्तिकै प्रहरी घटना स्थलमा पुगेर भुजेललाई नियन्त्रणमा लिएको काठमाडौँ महानगरीय प्रहरी वृत्त महारजगञ्जका प्र.ना.उ निरञ्जन थापाले बताए । उनी भन्छन् ‘कुकुरलाई क्रुरतापूर्वक किन हत्या गरियो भनेर थप अनुसान्धन जारी रहेको छ ।’

पशु बोल्न सक्दैन वा उसका लागि बोलिदिने कोही छैन भनी जथाभावी पशुको हत्याहिंसा हुने गरेको पशु अधिकारकर्मी विश्वराम कार्की बताउँछन् । पशुप्राणीमाथि हत्या–हिंसा गर्नेलाई कानुन भए पनि कडाइका साथ कारबाही नगरिँदा यस्तो कृत्य बढिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ००:००  ५ : २४ बजे