२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका दुई पत्रकार नगदसहित सम्मानित



खोटाङ, २४ फागुन । एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खोटाङका दुई पत्रकार नगदसहित सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पु¥याएकोे योगदानको कदर गर्दै हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारद्धोय राजकुमार भट्टराई र सविना अछामे परियारलाई नगदसहित सम्मानित गरेको हो ।

नेपाल पत्रकार महासंघ खोटाङका सचिवसमेत रहनुभएका पत्रकार भट्टराई गोरखापत्र दैनिकमा खोटाङ सम्वाददताको रुपमा कार्यररत छन् । भ्यू अफ नेपालमा कार्यरत भट्टराई रुपाकोट मिडिया प्रा.लिका अध्यक्ष हुन् ।

पत्रकार महासंघ खोटाङकी उपाध्यक्षसमेत रहेकी पत्रकार परियार नमस्ते खोटाङमा कार्यरत छन् । उनी प्रेस सेन्टर नेपाल खोटाङकी अध्यक्ष हुन् ।

पत्रकारद्धोय भट्टराई र परियारलाई जनही २५ हजारसहित साथमा प्रमाण–पत्रले सम्मानित गरिएको हो । सम्मानित पत्रकारद्धोय भट्टराई र परियारलाई कार्यक्रमका प्रमुख अतिथि, पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डाक्टर प्रकाश सरण महत र हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमलाराईले सम्मानित गर्नुभएको थियो ।

सोही अवसरमा नगरपालिकाले दुई जना महिला उद्यमीलाई नगदसहित सम्मानित गरेको छ । सम्मानित हुनेमा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेकी हिरा श्रेष्ठ र सोही नगरपालिका–१० अर्खौलेकी कविता राईलाई जनही २५ हजारसहित प्रमाण–पत्रले सम्मानित गरिएको नगरप्रमुख राईले बताउनुभयो । महिला दिवसकै अवसरमा नगरपालिकाले लागो सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार ००:००  ८ : ३० बजे