२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आश्रमा आश्रित सहयोगापेक्षी मानवहरुको सेवाका लागि प्रदेश सरकार तयार छ : मन्त्री राई



बिराटनगर ,८ फागुन । कोशी प्रदेश सामाजिक विकासमन्त्रालयले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मानव सेवा आश्रमहरुमा फलफुल तथा खाजा खुवाउने कार्यक्रम गरेको छ । बिहिबार सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको संयोजकत्वमा मन्त्रालयले बिराटनगरस्थित ३ र ४ मा रहेका दुई वटै मानव सेवा आश्रममा फलफुल तथा खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले आश्रमा आश्रित सहयोगापेक्षी मानवहरुको सेवाका लागि कोशी प्रदेश सरकार तयार रहेको जानकारीदिनु भएको छ । सामाजिक विकास मन्त्रालय सहाराविहिन मानवहरूको छानाको रूपमा रही कार्य गर्नेसमेत मन्त्रालय प्रतिवद्व रहेको बताउनुभएको हो। मन्त्री राईले भन्नुभयो, “मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सडक मानव मुक्त बनाई मानवको विकासमा सहयोग गर्न आवश्यक बजेट समेत विनियोजन गर्ने छ।”

सो कार्यक्रममा मन्त्रालयका सचिव हेमराज तामाङ र महाशाखा प्रमुख दुर्गा बराल भण्डारीले मन्तव्य राख्नुभएको थियो । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवात भएको थियो । त्यही ७ सालको प्रजातन्त्रको जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार ००:००  ७ : ४८ बजे