२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवानिवृत राष्ट्रसेवक सङ्घ खोटाङको अध्यक्षमा चित्राखर



खोटाङ,७ फागुन । सेवानिवृत राष्ट्रसेवक सङ्घ नेपाल शाखा खोटाङको अध्यक्षमा चित्राखर आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दिक्तेलबजारस्थित नेपाल निजामती कर्मचारी सङ्गठनको कार्यालयमा बुधबार दिउँसो सम्पन्न प्रथम जिल्ला अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण गिरी, हितमाँया बस्नेत, सचिवमा लक्ष्मी दाश शैजु, सह–सचिवमा ओमराज खतिवडा र कोषाध्यक्षमा टङ्कप्रसाद आचार्य रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा अविनारायण आचार्य, पदम दाहाल (खत्री), हर्कराज राई, राजेन्द्रप्रसाद दाहाल, नारायण काजी श्रेष्ठ, डिल्ली केसर अधिकारी, गंगाकुमारी पाण्डे, रामचन्द्र पुरी र दुर्गाबहादुर खत्री चयन हुनुभएको छ । अधिवेशनबाट तारानाथ आचार्य केन्द्रिय प्रतिनिधिमा चयन हुनुभएको छ । सोमनाथ पाण्डे, ददिप्रसाद आचार्य र थीरबहादुर कार्की प्रदेश प्रतिनिधिमा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष आचार्यले जानकारीदिनुभयो ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार ००:००  ८ : ३७ बजे