बिराटनगर, ७ फागुन । तेह्रथुममा ‘१५’ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । दुई दिन सम्म चल्ने प्रतियोगिताको कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ ले गमलामा रहेको फुलमा पानी हालेर उद्घाटन गर्नुभएको हो ।
तेह्रथुम जिल्ला खेलकुद विकास समितिको आयोजना र छथर गाउँपालिकाको व्यवस्थापनमा ‘१५’ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको हो । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री राईले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद रहेको बताउनुभएको छ । जिल्लाको खेलक्षेत्रलाई थप प्रवद्र्धन एवम् खेल क्षेत्रको समग्र विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको छ । सामाजिक विकासमन्त्री राईले भन्नुभयो, “खेलकुदले खेलाडीहरुको व्यक्तित्व विकासमात्र नभइ देशलाई समेत विश्वसामू परिचत गराएको छ ।” खेल क्षेत्रको समग्र विकासका लागि विद्यालयहरुले पठनपाठनसँगै खेलसँग सम्बन्धित गतिविधि नियमित सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सानै उमेरदेखि खेल क्षेत्रमा लागेका व्यक्तिले मात्र सफलता हाँसिल गर्न सक्ने मन्त्री राईको भनाई छ ।
प्रतियोगिताको उद्घाटन शत्रमा छ वटा स्थानीय तहका पालिकाका जनप्रतिनिधि, शाखा अधिकृत र प्रध्यानाध्यापकहरु बीच मैत्रिपूर्ण २०० मिटर उद्घाटन दौड प्रतियोगिता गरिएको थियो भने छात्राका लागि प्रति इटाको १५०० मिटरको दौड प्रतियोगिता गराइएको जनाइएको छ । छ वटा स्थानीय तह रहेको जिल्लामा प्रतियोगितामा सबै स्थानीय तहबाट छनोट भएर आएका ६०० छात्रा÷छात्र खेलाडीले सहभागिता जनाएको छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष लिम्बुका अनुसार बिहीबार विहान ८ बजेबाट ४०० मिटिर दौड, २०० मिटर दौड, सर्ट फुट, लङ जम्प, ४००र २०० का रिलेदौड, भलिवल र कबब्डी खेल प्रतियोगिता हुने छन् । प्रतियोगिता बार्यक्रममा प्रदेशसभा सदस्य किशोर दुलाल, खेलकुद विकास समिति कोशी प्रदेशका उपाध्यक्ष विद्या कार्की, जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं स्पो, छ वटै स्थानीय तहका पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनितिकदलका प्रतिनिधिहरु, शिक्षक महासंघका पदाधिकारी, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।