खोटाङ, ४ फागुन । कार्य सम्पादन मुल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार ६७.९ अङ्क ल्याएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएको हो।
यस्तै, रावाबेँसी गाउँपालिका ६३.८ अङ्क ल्याएर दोश्रो तथा हलेसी तुवाचुङ नगरपालिका ६३.५ अङ्क ल्याएर तेश्रो भएको छ ।
जन्तेढुंगा गाउँपालिकाले ५९.०, बराहपोखरी गाउँपालिकाले ५५.७, ऐसेलुखर्क गाउँपालिकाले ५२.१, केपिलासगढी गाउँपालिकाले ५२.१, साकेला गाउँपालिकाले ४६.१, खोटेहाङ गाउँपालिकाले ४२.९ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४१.१ अङ्क ल्याएको छ ।
आयोगले गत ३० माघमा स्थानीय तहको कार्य सम्पादन मुल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको थियो । स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ मा घर जग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको लगायतका विभिन्न १७ सूचकमा आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्याङ्कन गरेको थियो।