खोटाङ,२७ माघ । नेकपा (एमाले) का पाेलिटब्यूरो सदस्य विशाल भट्टराईले सडक दुर्घटनामा ज्यान गुमाएका रावाबेँसी गाउँपालिका–३ लामिडाँडास्थित चिउरीबाँसका विद्यार्थी नेता मिलन राईको अर्धकदको प्रतिमा अनावरण गर्नुभएको छ। आइतबार पोलिटब्यूरो सदस्य भट्टराईले आठौं स्मृती दिवसका अवसरमा मिलन राई स्मृति पार्कमा निर्माण भएको प्रतिमा अनावरण गर्नुभएको हो ।
विद्यार्थी नेता राईको वि.सं.२०७३ माघ २५ गते भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको थियो । अनेरास्ववियुका तत्कालिन केन्द्रीय सदस्य तथा खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्ज राईको साङ्गठनिक कामको सिलसिलामा काठमान्डौंबाट सदरमुकाम दिक्तेलबजार आउने क्रममा भक्तपुरमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाको तीन दिनपछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७३ माघ २७ गते मृत्यु भएको थियो ।
प्रतिमा अनावरण कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीका उप-सचिव देवान राई, एमाले जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य सम्मरबहादुर भुजेल, बिरेन्द्र मगर, एमाले नेता बाबुराम जोशी, अनेरास्ववियुका केन्द्रीय सदस्य मोहन संग्राम, अनेरास्ववियुका जिल्ला अध्यक्ष विष्णु उपरकोटी, सचिव अभिषेक घिमिरे, स्वार्गीय राईका बुवा जयबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।