२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्तेढुंगा गाउँपालिकामा वन पैदावार निकासी बन्द



खोटाङ, २५ माघ । जन्तेढुंगा गाउँपालिकाले काठलगायतका वन पैदावार निकासी बन्द गरेको छ । कृषिजन्य, वन पैदावार, जडिबुटी, कवाडी निकासी बन्द गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत विनय निरौलाले जानकारीदिनुभयो ।

शुक्रबार बसेको गाउँपालिकाको वैठकले गाउँपालिकाबाट निकासी हुने काठ तथा कु–काठ, उन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिंग, प्वाख, छाला जस्ता वस्तुहरुको व्यवसायिक कारोबारको निकासीलाई व्यवस्थित बनाउन गाउँपालिकाले सो निर्णय गरेको बताइएको छ ।

व्यवसायी, वन कार्यालय, सुरक्षा निकाय र गाउँपालिका बीच समन्वय गरे पश्चात मात्र निकासी कार्य सूचारु गर्ने निर्णय गरेको हो । निमित्त प्रशासकीय अधिकृत निरौलाका अनुसार तत्कालका लागि कृषिजन्य, वन पैदावार, जडिबुटी, कवाडी निकासी बन्द गरिएको हो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार ००:००  ७ : ०३ बजे