२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिविज्ञ मदन राईलाई दुई वर्ष छ महिना कैंद सजाय



खोटाङ, २५ माघ । बाल यौन दुरुपयोग कसूरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैंद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायधीश नारायणप्रसाद दाहालको इजलासले आज (शुक्रबार) सजाय निर्धारण गरेको हो ।

यही माघ–१० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैंदका साथै रु एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका श्रेष्तेदार सीताराम खड्काले जानकारी दिनुभएको छ । यस्तै, पीडित किशोरीलाई रु एक लाख ५० हजार क्षतिपूर्ती दिन सजाय फैसला भएको अदालतले जनाएको छ ।

कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरुपयोग कसूरमा अदालतले कृषिविज्ञ राईलाई माघ–१० गते कसूर ठहर गरेको थियो ।

फाउण्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई वि.सं. २०८० वैशाख–२९ गते पक्राउ परेका थिए । आरोपित कृषिविज्ञ राई मुद्धाको फैसला नभएसम्म फाउण्डेशनमा जान नपाउनेगरी वि.सं. २०८० जेठ–२२ गते चार लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

आरोपित कृषिविज्ञ राईविरुद्ध वि.सं. २०८० जेठ–२१ गते जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोगपत्र दायर गरेको थियो । जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा कृषिविज्ञ राईलाई तीन वर्ष कैंद र  ७५ हजार जरिवाना माग गरिएको थियो ।

कृषिवित्र राईको पहलमा वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभम् फाउण्डेशनमा करिब १५० विद्यार्थी अध्ययनरत छन् । बस्तुगत सीप र व्यवहारिक शिक्षासहित पठनपाठन हुँदै आएको फाउण्डेशनले नेपालमा छुट्टै पहिचानसमेत बनाएको छ ।

फाउण्डेशनका संस्थापक कृषिविज्ञ राईलाई अदालतले बाल यौन दुरुपयोग कसूरमा दोषी ठहर गरेर कैंद सजायका साथै जरिवानासमेत तोकेपछि फाउण्डेशन परिवार चिन्तित बनेका छन् । प्रतिवादी कृषिविज्ञ राईतर्फबाट दुई वरिष्ठसहित १४ जना कानून व्यवसायी र वादी नेपाल सरकारकातर्फबाट दुईजना सरकारी वकिलले थुनछेक बहस गरेका थिए ।

फाउण्डेशनका संस्थापकसमेत रहनुभएका ७५ वर्षीय कृषिविज्ञ राईले बिगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेर स्टाटस लेख्दै आउनुभएको थियो । यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गरेको विषयमा संरक्षक कृषिविज्ञ राईको चौतर्फी आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार ००:००  ६ : ५६ बजे