खोटाङ, २२ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा सञ्चालित शान्ती माध्यमिक विद्यालयको ४५ औं वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालयको ४५ औ वार्षिक उत्सव, अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी सोमबार विद्यालयले ४५ औं वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा विपन्न वर्ग लक्षित विद्यार्थीहरुका लागि भाग्यशाली चिठ्ठाको आयोजना साथै शिक्षक र अभिभावकबीच मैत्रीपूर्ण भलिवल खेल गराइएको पूर्व विद्यार्थी सन्तोश थुलुङले जानकारीदिनुभयो। भाग्शाली चिठ्ठामा कमानसिंङ तामाङ प्रथम हुनुभएको भने प्रदिप राई दोश्रो हुनुभएको छ । उदयपुर गाइघाटका राजेन्द्र पाण्डे तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ । भाग्यशाली विजेतहरुलाई क्रमश ३२ इन्चको कलर टिभी एक थान, २४ इन्चको कलर टिभी एक थान र साउण्ड सिस्टम एक थान उपलब्ध गराईएको थियो । यस्तै, चौथो र पाचौं स्थान ओगन्ट सफल सात जनालाई इलेक्ट्रिक जग र हट वाटर थर्मस प्रदान गरिएको थियो ।
वि.संं. २०३६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखी कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा २०० जना विद्यार्थी रहेको प्रध्यानाध्यापक जर्ण चाम्लिङले जानकारीदिनुभयो । विद्यालय स्थापनको ४५ औं वार्षिक उत्सव तथा अभिभावकको अवसरमा विद्यालयमा अध्ययनरत विपन्न तथा गरिव बालवालिकाहरुको सहगोगार्थ अक्षयकोष स्थापना गर्ने प्रध्यानाध्यापक जर्ण चाम्लिङले जानकारीदिनुभयो । बिपन्न वर्ग विद्यार्थी लक्षित अक्षय कोष स्थापनाका लागि सङ्कलन भइ रहेको रकम विद्यायलयको नाममा रहेको सानिमा बैंकको खातामा जम्मा भइ रहेको बताइएको छ । सो खाता आगामी बैशाख १ गते सम्म सञ्चालन हुने बताइएको छ ।
अक्षय कोष स्थापना पछि श्रोतलाई हेरेर कोषको रकमबाट आउने वार्षिक ब्याजबाट विद्यालयमा अध्ययनरत उतकृष्ट, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन तथा सहयोग गर्ने प्रध्यानाध्यापक चाम्लिङले जानकारीदिनुभयो । वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रध्यानाध्यापक चाम्लिङले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने हुँदा स्थानीय सरकारको पनि उत्तिकै चासो राख्नसमेत प्रअ चाम्लिङले आग्रह गर्नुभयो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर तामाङको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा नेकपा (एमाले) गाउँपालिका कमिटिका अध्यक्ष मनोज राई, माओवादी केन्द्रका पालिका इन्चार्ज किशन राई, काङ्ग्रेसका सचिव खगेन्द्र राई, शिक्षा शाखा प्रमुख मणिकुमार गिरीलगायत स्थानीय अभिवाकको उपस्थिती रहेको ।