बिराटनगर । संखुवासभाको श्री कृष्ण माध्यमिक विद्यालयमा हिमाली आवासिय छात्रावासको भवन निर्माण सुरु भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पीके) ले हिमाली आवसिय छात्रावास भवनको शिलान्यास गर्नुभएको हो।
सामाजिक विकास मन्त्रालयबाट उपलब्ध ५० लाखको लागतमा आरसीसी भवन बन्ने भएको हो । कृष्ण माध्यामिक विद्यालयको ५२ औं वार्षिक उत्सव समापनको अवसरमा मन्त्री राईले छात्रावास भवनको शिलान्यास गर्नुभएको हो ।
वि.सं. २०३० सालमा स्थापना भएको विद्यालयमा २७५ जना छात्रा–छात्र रहेको प्रध्यानाध्यापक मिङ्तेम्बा शेर्पाले जानकारी दिनुभयो । भौगोलिक हिसाबले विकट मानिएको भोटखोला गाउँपालिका–४ हटियास्थित लिंगम गोलाका विद्यार्थीहरु विद्यालय आइपुग्न विहान सात बजे नै हिड्नु पर्ने बाध्यता रहेको प्रध्यानाध्यापक शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको समस्यालाई समाधान गर्न पनि हामिले छात्रावास भवन निर्माण गर्न लागेका हौं। टाढा–टाढाबाट यो विद्यालयमा अध्ययन गर्न आउने भाइ बहिनिका लागि सहजताहोस भन्ने हेतुले यो छात्रावस भवन निर्माण गर्न लागिएको हो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री राईले छात्रावास भवन निर्माणको कार्य थालनि गर्न आग्रह गर्नुभयो । मन्त्री राईले भवन निर्माण गर्न थप आवश्यक बजेट पहल गर्ने प्रतिवद्वतासमेत जनाउनुभएको छ ।