२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिका :अन्तर माविस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता



खोटाङ, १७ माघ । साकेला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।

वडा नं. १ बाँझेच्यानडाँडास्थित बाँझे खेलमैदानमा शुरु भएको प्रतियोगिता कार्यक्रमको पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबलतर्फ छात्रछात्रा, कबड्डी, हाईजम्प छात्रछात्रा, लङजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न विद्यामा २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि प्रतिष्पर्धा गराइने व्यवस्थापनको जिम्मेवारीमा रहेको राधाकृष्ण माविका प्रधानाध्यापक हीराधन गुरुङलले जानकारी दिनुभयो ।

प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिने जनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ससर्त कार्यक्रममार्फत रु एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभएको छ ।

प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन–जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने जनाइएको छ । अन्तर माविस्तरीय प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राई, प्रवक्ता जीवन खत्री, वडा नं. १ बाँझेच्यानडाँडाका वडाध्यक्ष हेन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई, निर्वाचित जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, पूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार ००:००  २ : ३० बजे