२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा आचार्य



खोटाङ,१६ माघ । नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ । बुधबार साँझ दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न संगठनको १२ औँ जिल्ला अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनले आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिनोद राई, दिक्षिका शाक्य, सचिवमा गणेसप्रसाद आचार्य, सह–सचिव सुवास राई र कोषाध्यक्षमा अगम बिश्वकर्मा चयन हुनुभएको छ ।

सदस्यहरूमा शुसिला आचार्य, उषाकला राई, सिर्जना लुइटेल, बबिता आचार्य, शंकरघर्ति मगर, हरिहर दाहाल, राजनप्रसाद दुलाल, राजु बस्नेत, मनोज बस्नेत, शुनिल दाहाल, अर्जुन ढकाल, दिनेश बस्नेत र रोशन श्रेष्ठ रहेका छन् । अधिवेशनले रेखा राई, पवन पोख्रेल, शुसिला घिमिरे र सिताराम खतिवडालाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । जनकुमार राई, जीवन आचार्य, मुरारी सिग्देल र राजन बस्नेतलाई प्रदेश प्रतिनिधिमा छनोट गरिएको नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवम् भोजपुर इन्चार्ज मोहन भट्टराईले जानकारीदिनुभयो ।

यस्तै, गणेश खड्काको संयोजकत्वमा पाँच सदस्यीय लेखा परीक्षण आयोग पनि गठन गरेको छ । सदस्यहरूमा गोपाल खड्का, भूपराज कटवाल, शान्ता बिक र मित्रप्रसाद आचार्य रहेका छन् । १२ औँ जिल्ला अधिवेशनको उद्धघाटन प्रमुख अतिथी कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्की, विशिष्ट अतिथि नेकपा एमाले पोलिट ब्यूरो सदस्य विशाल भट्टराईले पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो ।

नवनिर्वाचत पदाधिकारी तथा कार्य समितिका सदस्यलाई केन्द्रीय सचिवालय सदस्य कार्कीले पद तथा गोपनियताको सपथग्रहन गराउनुभएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि खोटाङका उपाध्यक्ष कुमार आचार्य, ट्रेड युनियनका पदाधिकारी, पेशागत महासंघ र राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ००:००  ११ : ०३ बजे