१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुवेकोल वडा कार्यालयको सेवा केन्द्र भवन उद्धाटन



खोटाङ । रावाबेँसी गाउँपालिका -५ दुवेकोल वडा कार्यालयको सेवा केन्द्र भवन उद्धाटन गरिएको छ । रावाबेँसी गाउँपालिका– ५ दुवेकोलस्थित गट्टीडाँडामा निर्माण भएको वडा कार्यालय सेवा केन्द्र भवनको  गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले एक कार्यक्रमकाबीच औपचारिकरुपमा उद्धाटन गर्नुभएको हो ।

प्रत्येक हप्ताको बुधबार, विहिबार र शुक्रबार गरी हप्तामा तिन दिन वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही सेवा केन्द्रबाट प्रदान गरिने बताइएको छ । आर्थिक वर्ष २०७९/०८० बाट ११ लाख ५० हजार रुपैयाँ र आ.व.२०८०/०८१ को बिनियोजित ८ लाख गरी १९ लाख ५० हजार बजेटबाट २ कोठे आरसीसी भवन निर्माण सम्पन्न पश्चात् सञ्चालनमा आएको हो ।

सिमित मात्रमा भएको श्रोत साधनलाई प्रयोग गरेर सकेसम्म नागरिकलाई सहज सेवा प्रदान गर्नमा गाउँपालिका लागी परिरहेको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “भौगोलीक विकटका कारण  गाउँपालिकामा हुने सिमित श्रोत साधन अभावमा पनि  सबै नागरिकका समस्यालाई समाधान गर्ने काम गरिरहेकै छौं ।”

वडा कार्यालय टाढा रहेकाले नागरिकले सामान्य सिफारीस लिन समेत दिनै माया मारेर हिड्नु पर्ने बाध्यता थियो । त्यसैले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर  वडा कार्यालयको सेवा केन्द्र भवनको निर्माण सम्पन्न पश्चात् सञ्चालनमा ल्याइएको वडाअध्यक्ष मनकुमार गुरुङले जानकारीदिनुभयो ।

सेवा केन्द्र भवन निर्माण गर्न  निशुल्क जग्गा दिने जग्गा दाता स्थानीय  पूर्णबहादुर नेपालिलाई गाउँपालिका प्रमुख श्रेष्ठ वडाअध्यक्ष गुरुङ र प्रशासकीय अधिकृत सरोज रेग्मिले सम्मान गर्नुभएको हो । नेपालीले सेवा केन्द्र निर्माण गर्नका लागि  ६ आना जगा निशुल्क प्रदान गर्नुभएको थियो । सेवा केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रशासकीय अधिकृत रेग्मिले वडावासिको सहजताका लागि गाउँपालिकाले  गर्नुपर्ने सम्पुर्ण काम आवश्यकताका आधारमा गर्ने प्रतिवद्वता जनाउनुभएको छ । प्रशासकीय अधिकृत रेग्मिले सेवा केन्द्रको भवनबाट नागरिकको काम सहज वातावरणमा सेवा प्रवाह गर्नसमेत आग्रह गर्नुभएको छ ।

केही समय पश्चात सेवा केन्द्रबाट स्वास्थ्यकर्मिले नागरिकलाई स्वास्थ्य सेवा पनि गर्ने बताइएको छ  ।  सेवा केन्द्र उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, निवर्तमान गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र खार्पाका वडाध्यक्ष डोलराज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  ८ : ३७ बजे