२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बन्दै (भिडियोसहित)



खोटाङ । दिक्तेलमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बन्दै गइरहेको हो ।

शनिबार एकता स्वास्थ्य आमा समुहले दिक्तेलबजारस्थित अस्पताल चोककी एक महिने सुत्केरी जयन्ति पाण्डेलाई पोषिलो खानेकुरा प्रदान गरेका छन् । स्वास्थ्य आमा समुहले लोकल चामल फलफुल अन्न, सागपात, लोकल अण्डा, गेडागुडी नवजात शिशुलाई न्यानो कपडा सुत्केरी आमालाई प्रदान गरेको हो । समुहमा आवद्ध आमाहरु घरयसी काम छाडेर हातमा सागसब्जी फलफुल गेडागुडी घ्यू कोलालगायतका पोषिलो खानेकुरा बोकेर सुत्केरीलाई भेट गर्न पुगेका थिए । सुत्केरी भेटघाट कार्यक्रममा कालिका वडा स्तरीय महिला समुहकी अध्यक्ष गिता थापा, सहरी स्वास्थ्य इकाइ दिक्तेलका प्रमुख शुसिला बस्नेत, करुणा फाउन्डेनस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यक्रम संयोजक अनिता कोइरालाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य लाभको कामना गर्दै सावधानी अपनाउनु पर्ने विषयमासमेत सुझाव सल्लाह दिएर फर्किएका हुन् ।

वि.सं. २०६१ साल असार १६ गते स्थापना भएको आमा समुहले विगत दुई वर्ष देखी आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार व्यवहारको सुनिश्चितता गर्ने सोच अनुसार सुत्केरी भेटघाट कार्यक्रम गरेको बताइएको छ । गाउँघरमै पाइने पोषिलो आहार खरिद गर्दा कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पनि सुत्केरीलाई पोषिलो खानेकुरा प्रदान गरिएको हो । एकता आमा समुहले हालसम्म दिक्तेलका २६ जना सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा प्रदान गरिसकेको एकता स्वास्थ्य आमा समुहका अध्यक्ष मिना पाण्डेले बताउनुभयो ।

आमा समुहको सुत्केरी भेटले आर्थिक स्थिति कमजोर भएका परिवारका सुत्केरी आमा बढी लाभाम्वित हुने गरेका छन् । सुत्केरी भेटघाट कार्यक्रममा करुणा फाउन्डेनस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यक्रम संयोजक कोइरालाले फोलिक एसिड चक्किको सेवन र नवविवाहित दम्पतिलाई शुभकामना कार्डबारे जानकारीदिनु भएको थियो ।

सुत्केरी भेटघाट कार्यक्रमका प्रमुख अतिथी एवम् दिक्तेल–१ का वडाअध्यक्ष नवराज राईले सुत्केरी भेटघाट कार्यक्रमलाई हौषला बढाउन तथा थप प्रवाभकारी बनाउन वडाले आर्थिक वर्ष २०८०÷०८१ मा पचास हजार रकम विनियोजित गरेको जानकारीदिनुभयो । उहाँका अनुसार चालु आ.व.मा भने आमा समुहका लागि वडाले एक लाख रुपैया बजेट विनियोन गर्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ । दिक्तेलमा एकता स्वास्थ्य आमा समुहसहित ७ वटा आमा समुह रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय टोल–टोलमा आमा समुहले सुत्केरी भेटघाट कार्यक्रमलाई बृहत बनाउँदै लगेका छन् ।

खोटाङमा सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी बन्दै

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ७ : ४८ बजे