८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा खोटाङ घर भएका बाबुछोराको हत्या, अर्का छोरा बेपत्ता



खोटाङ । खोटाङ घर भएका बाबुछोरा भक्तपुरको बालकोटमा मृत भेटिएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१ घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।

 

उनीहरुको शव हत्या भएको अवस्थामा देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै साेमबार बिहान उनीहरुको शव फेला परेको प्रहरीको भनाई छ। मृतक दुवैकाे शरीरमा चोट देखिएको र अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए। उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृतक बाबु जिल्ला हुलाक कार्यालय खोटाङका कार्यालय प्रमुख हुन्।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार ००:००  २ : ५६ बजे