१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश : भौतिक पूर्वाधार मन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी



खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रीहरुको नियुक्ति हेरफेर र कार्य विभाजन गर्दा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राईले पाएका हुन्। भौतिकसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका राई खोटाङ प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । कांग्रेस कोशी प्रदेश कार्य समितिको महामन्त्री हुन्। यस अघिसम्म स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री कार्की मातहतमा थियो।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश प्रमुखलाई सिफारिस गरेपछि सोही दिन प्रदेश प्रमुख खापुङ्गले मन्त्रीहरुको नियुक्ति हेरफेर र कार्य विभाजन गरेका थिए। कोशीमा १० मन्त्रीमण्डल रहेको छ।राईले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संम्हाल्दा खोटाङबासीले अब जिल्लामा एउटा शवबहान व्यवस्थापन हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

जिल्लामा शववाहन नहुँदा अप्राकृतिक रुपमा मृत्यु भएका शवलाई ट्याक्टरमा हालेर पोष्टमार्टम गराउन अस्पतालसम्म पु¥याउन र अस्पतालबाट घरसम्म लैजान सम्बन्धित परिवारको लाख हाराहारीमा खर्च हुने गरेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ००:००  २ : १९ बजे