१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायीक वन उपभोक्ता महासंघको २९ औं स्थापना दिवस मनाइयो



खोटाङ, १८ जेठ । खोटाङमा सामुदायीक वन उपभोक्ता महासंघको २९ औं स्थापना दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटे परिषरमा शुक्रबार बृक्षारोपण तथा ‘हरित शिक्षाको महत्व’ विषयक निवन्ध प्रतियोगीता गर्दै महासंघको स्थापना दिवस मनाइएको हो । दिवसको अवसरमा विद्यालय परिषरमा धुपी र कल्कीको बिरुवा रोपिएको छ । विद्यालय परिषरमा बृक्षारोपणका लागि डिभिजन वन कार्यालयले बिरुवा उपलव्ध गराएको सामुदायीक वन उपभोक्ता महासंघले जनाएको छ ।

निवन्ध लेखन प्रतियोगीतामा कक्षा १० की प्रमिला ढुंगानाले प्रथम स्थान प्राप्त गरेकी छन् । कक्षा १० कै कविता श्रेष्ठ र पूर्णीमा खत्री दोश्रो तथा कक्षा ९ मा अध्ययनरत दिपा पौडेल र सन्देश घिमिरे तेश्रो भएका छन् । विजेतालाई डिभिजन वन कार्यालयकै प्रायोजनमा पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीतामा २३ जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका सहायक वन अधिकृत बिनोद खतिवडा, सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राई, महासंघका जिल्ला अध्यक्ष मोहन गुरुङ, नेपाल पत्रकार महासंघ शाखा खोटाङका पुर्व अध्यक्ष दमन राई लगायतको उपस्थिति रहेको थियो । सामुदायीक वन उपभोक्ता महासंघको समावेसीता र सुशासन अभ्यास मुलुकमै अनुकरणीय रहेको महासंघको केन्द्रीय सदस्य राईले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार ००:००  ८ : ५० बजे