खोटाङ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको साधारण सभा सम्पन्न भएको छ । शनिबार दिक्तेलबजारस्थित समिक्षालयहलमा महासंघले सातौ जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा दुई जना कृयाशिल पत्रकारलाई पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत पत्रकारद्द्य राजकुमार भट्टराई (सर्गम) र सबिना परियारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।साधारणसभा उद्घाटन सत्रमा पत्रकार भट्टराई र परियारलाई जनही पाँच हजारसहित प्रशंसा पत्र प्रदान गरिएको सचिव लोकमणी रिजालले बताउनुभयो ।
जिल्लामा रहेर समाज रुपान्तरणका लागि पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ खोटाङका सचिव रिजालले बताउनुभयो । पुरस्कृत भट्टराई गोरखापत्र दैनिकका जिल्ला सम्वाददातारुपमा कार्यरत हुनुहुन्छ । पत्रकार परियार रुपाकोट खबर साप्ताहिकमा कार्यरत हुनुहुन्छ ।