३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल नगरलाई



खोटाङ । १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शुक्रबार साँझ सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २५ स्वर्ण, दश रजत र छ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपाधि उचालेको हो ।

जिल्लाका नौँ स्थानीय तह सहभागिता जनाएको प्रतियोगितामा नौँ स्वर्ण, दुई रजत र छ कास्य पदकसहित हलेसी तुवाचुङ नगरपालिका दोस्रो भएको छ । १११ पदकका लागि पाँच विद्यामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदकसहित केपिलासगढी गाउँपालिका तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय तहले क्रमश : १५ हजार, १२ हजार र  नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी स्थानीय तह तथा खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ००:००  ३ : ४१ बजे