२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाले आगामी फागुन ३ गते सार्वजनिक सुनुवाई गर्दै



खोटाङ । आगामी फागुन ३ गते हलेसी तुवाचुङ नगरपालिकाले  सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले सर्वसाधरणका लागि आर्थिक वर्ष २०८०/०८१ को नीति बजेट तथा कार्यक्रम सेवा प्रवाह, विकास निर्माणको विषयमा जानकारी दिन तथा पारदर्शीता कायम गर्न सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख विमला राईले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा  सेवाग्राही, स्थानीय राजनीतिक दल, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सार्वजनिक सेवा प्रवाह गर्ने विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि,  सामुदायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नागरिक समाजका  प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सबै नगरवासी नागरिकलाई  सूचनामार्फत निमन्त्रणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले जानकारी दिनुभयो ।

यस पटक हुने सार्वजनिक सुनुवाइ नगरपालिका स्वयम् आफैंले गर्ने छ । सार्वजनिक सुनुवाइ आगामी फागिन ३ गते बिहान ११ बजेबाट नगरपालिकाको प्राङ्गणमा शुरु हुने छ ।

स्थानीय निकाय र नागरिकबीच प्रत्यक्ष दोहोरो संवाद स्थापित गर्दै प्रतिनिधि चुन्ने जनतालाई समेत देश विकासको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिता, सेवाप्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन स्थानीय निकाय सार्वजनिक सुनुवाइ कार्यविधि, २०६७ मा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार ००:००  ३ : ५४ बजे