१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा अवैध नदिजन्य उत्खननको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ



सुरेश राय

सिरहा । सिरहामा अवैध नदिजन्य उत्खननमा संलग्न रहेको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन् । जिल्ला डिभिजन वन कार्यालयले कर्जन्हा नगरपालिका १ का अध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई पक्राउ गरेको हो ।

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

गत पुस ७ गते वनले कर्जन्हा नगरपालिका १ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला नदीको बगरमा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् भइरहेको अवस्थामा एक्साभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

यसै मुद्दामा गत बिहीबार कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारमा सञ्चालित कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पनि पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा यस कार्यमा ऐन, कानून विपरीत सिफारिस गरि सहयोग गरेको प्रमाण भेटिएपछि वडाध्यक्ष पोखरेललाई समेत पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

वडाध्यक्ष पोखरेलसहित चारै जनालाई डिभिजन वन कार्यालय लहानको हिरासतमा राखिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको वनले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार ००:००  १२ : २८ बजे