३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिका : शिक्षकका लागी दुई दिने क्षमता अभिवृद्धि तालिम



खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा शिक्षकहरुको लागि दुई दिने क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । विद्यालयका प्रधानाध्यापक तथा गणित विषयका शिक्षकहरुलाई शिक्षण सिकाई तथा कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको निरन्तर मूल्याङ्कन पद्धति र गणित बिषयका शिक्षकहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

गाउँपालिकाको आयोजनामा पालिकाभर रहेका ४९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा गणित विषयका शिक्षकहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताउनुभयो।

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता तथा शिक्षा विज्ञ जयकुमार राईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापामगर, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिएस्पी चाम्लिङ राई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नइन्द्र राई, राम्चे निकेतन माध्यामिक विद्यालय इजाराका प्रधानाध्यापक इश्वर लम्साललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ००:००  १२ : ०३ बजे