५ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानका ३० जनाको राईडर्स टोलीले दिक्तेलबजार भ्रमण गरे



खोटाङ । कला, संस्कृति र पर्यटन प्रवद्र्धनका निम्ति १४ देशका ४० जना बढी ख्यातीप्राप्त चित्रकार ल्याएर गत असोज १७ गतेदेखी २१ गतेसम्म लाइभ चित्र कोराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रोयल ईस्टर्न ईन्फिल्डर्स मोटरसाइकल क्लब धरानका ३० जनाको राईडर्स टोलीले दिक्तेलबजार भ्रमण गरेका छन् ।

ख्यातीप्राप्त चित्रकारले बनाएका जिल्लाका पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोँच, लेक, वेसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीहरु, पर्यटकहरुप्रती यहाँका समुदायले देखाएको सम्मान र नगरको स्थानीय वासिन्दाको सहभागिता र सहकार्यताको उच्च नमुना देखेर प्रभावित भएको भन्दै आन्तरिक पर्यटनको सम्भावना पहिचान र प्रवर्द्धनमा टेवा दिने उद्धेश्यले राईडर्स टोली दिक्तेल आएका हुन् ।

एकसय भन्दा धेरै धरानेहरू आबद्ध रहेको यस संस्थाले विभिन्न समयमा सडक दुर्घट्ना न्यूनिकरण गर्न ट्राफिक सचेतना, पर्यटन प्रवर्द्धन, युवाहरुमा लागुऔषध दुर्व्यसन न्यूनिकरण सचेतना कार्यक्रमका साथै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसका अतिरिक्त यस समुहले विभिन्न प्याकेज टुर तथा आन्तरिक पर्यटनको सम्भावना पहिचान र प्रवर्द्धनमा टेवा दिँदै आएको छ ।

सो टोलिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मायाँको चिनो प्रदान गरेका छन् ।

तस्वीर सौजन्य : राजन ठटाल

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार ००:००  ३ : १५ बजे