८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ : जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको नि:शुल्क यातायात सेवा कटौती



लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ।

‘प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको छ’, अध्यक्ष राईलेभन्नुभयो, ‘लक्षित वर्गको नाममा परिवारका अन्य सदस्यले पनि गाउँपालिकाले दिएको सुविधा लिएको पाइएका कारण उक्त सुविधा नै हटाइएको हो।’

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ००:००  ८ : १५ बजे