३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङले प्राप्त गर्‍यो जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता प्राप्त गरेको छ । नगरपालिकाले अन्तर्राष्ट्रिय संस्थासँग सोसियल नेटवर्क बढाउने क्रममा जापनिज संस्था ‘मेयर फर पिस’ले सदस्यता प्रदान गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले सदस्याताको लागि निवेदन दिएको थियो । सोही आधारमा स्थानीय तहहरूको समृद्धिका लागि एकताबद्ध हुने उदेश्यसाथ स्थापित शान्ति र विकाकासका लागि अघि बढेको संस्थाको सदस्यता प्राप्त गरेको नगरप्रमुख विमला राईले बताउनुभयो

उक्त संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् ।  नेपालमा ३३ वटा पालिकाले हालसम्म सदस्यता पाएका छन् । सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा बनेको संस्थामार्फत मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, शान्तिको र संस्कृतिको लागि काम गरिरहेका छन् । शान्ति प्रत्येक ब्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

नगरसँगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातीको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ०९ बजे